Posts

 नेपाल अनि इसाई मिसन  ! इसाई धर्मको कुरा गर्दा सन् १६२८ तिर राजा लक्ष्मी नरसिंह मल्लको पालामा पोर्च्गुगल बाट फादर डेस्क्युइत् जवान नेपाल आएका थिए , तेतिबेला राजाले उनलाई आफ्नो कुरा जनतासम्म राख्नका निम्ति समय दिएका थिए तर धर्म परिवर्तन भने गर्न नदिएको कुरा सुनिन्छ , पछी सन् १७१५AD तिर रोम बाट केहि मिसिनारी एजेन्ट नेपाल आएको र भक्तपुर र ललितपुरको एरियालाई मध्ये भाग बनाएर भित्र भित्रै धर्म परिवर्तन गर्न र गराउन थालेको सुनिन्छ,पछी राजा पृथ्वी नारायण शाहा ले यो कुरा थाहा पाएपछि तेतिबेलाका मिसिनारी र तत्कालिन नेपाल बाटै पनि धर्म परिवर्तन गरेका ५४ जना नेपालिलाइ देश निकालानै गर्दिएका थिए तेस्को केहि समय पछी सम्म पनि नेपालमा धर्म मिसिनरीहरुलाई नेपालमा निषेधित गरिएको थियो l तर बिस्तारै नेपालले बाहिरि मुलुकहरु संग सम्बन्ध गास्दै गयो र सहयोगको लागि हात फैलाउदै गयो तब तेही बाहानामा मिसिनारी हरु नेपालमा भित्रदै गए र भित्र भित्रै धर्म परिवर्तन गराउदै गए यो कुरा थाह पाएर तत्कालिन राजा बिरेन्द्र बिरा बिक्रम शाह ले तेतिबेलाका चर्च संचालक र मिसिनारीहरुलाई जेल सम्म हालेका थिए,त्यो बेला सम्म पनि ...